शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ढुंगा भर्ने ग्याबिन जालीभित्र बसेर भरतपुरको मतगणना

जाली बहिर दलका प्रतिनिधि, एक प्रतिनिधिलाई दुई कमाण्डो फोर्स
शुक्रबार, २० साउन २०७४, १९ : ५४
शुक्रबार, २० साउन २०७४


जाली बहिर दलका प्रतिनिधि, एक प्रतिनिधिलाई दुई कमाण्डो फोर्स 

चितवन– सर्वाधिक चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुरु गरिँदैछ । वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान सम्पन्न भएपछि मतगणना शुरु गर्न लागिएको हो । तर मतगणना कसरी शुरु गरिँदैछ भन्ने तपाईँले अनुमान लगाउनु भएको छ ? यसअघि मतगणनाका क्रममा मतपत्र च्यातिएका कारण यो पटक एकदमै फरक ढंगले गणना शुरु गर्न लागिएको छ । 

रमाइला कुरा के छ भने यसअघि मतगणनाका क्रममा दलका प्रतिनिधिले नै मतपत्र च्यातेका कारण पुनःमतदान गर्नुपरेका कारण यो पटक प्रतिनिधिले गणकलाई छुन समेत नसक्ने गरी ब्यवस्था मिलाइएको छ । 

भरतपुरस्थित जिल्ला समन्वय समिति नजिक रहेको जिल्ला कराँते कवर्ड हलमा मतगणना गर्नका लागि बनाइएको स्थलमा सुरक्षाकर्मीको ठूलो समूह तैनाथ छ । मतगणना गर्दा गणकहरुलाई तारजालीभित्र राखेर गणना गर्ने ब्यवस्था मिलाइएको छ । उक्त तारजालीभित्र कुनै पनि दलका प्रतिनिधि जान सक्ने छैनन् । 
तालजाली भन्दा बाहिर दलका प्रतिनिधिलाई बस्ने ब्यवस्था मिलाइएको छ । एक प्रतिनिधिका पछाडि दुई कमाण्डो फोर्सका सुरक्षा तैनाथ हुनेछन् । मतगणनास्थलमा तीन वटा सीसीटीभी जडान गरिएको छ । 

शनिवावारसम्ममा वडा नम्बर १९ र गणना गर्न बाँकी रहेको २० नम्बर वडाको गणना सक्ने गरी ब्यवस्था मिलाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना कबर्ड हलको चार ठाउँबाट गरिँदैछ । 

यो पनि पढ्नुस्ः 

भरतपुरमा आजैबाट मतगणना शुुरु हुने, यस्तो छ भरतपुरको मतगणनास्थल (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप