बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैशाख २४ देखि भरतपुर गोल्डकप हुँदै

मङ्गलबार, १० वैशाख २०७६, २० : ५५
मङ्गलबार, १० वैशाख २०७६

चितवन– एजे इन्टरनेशनलको आयोजनामा आगामी बैशाख २४ गतेदेखि भरतपुर गोल्ड कप २०७६ आयोजना गरिने भएको छ । मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको थियो । 
नारायणगढको क्याम्प चौरमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, ए.पि.एफ, थ्रि स्टार , च्यासल, संकटा, जाउलाखेल, विजय युथ क्लब हेटौडा, चितवन ११,बिरगंञ्ज युथ एकेडमी, नुवाकोट ११, झापा ११ सहित १२ टिमको सहभागिता रहने कार्यक्रम संयोजक प्रकाश भुजेल( रेफ्री भुजेल) ले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख र द्वितिय हुनेलाई ३ लाख पुरस्कार दिइनेछ । 

यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई दश हजार तथा उत्कृष्ट चार विधाका खेलाडीलाई २० हजारका दरले सम्मानित गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई पनि ४० हजारले सम्मान गरिने छ । 

जेठ ४ गते सम्म चल्ने खेलको मुख्य प्रायोजक पुरानो मेडिकल कलेज भरतपुर रहेको छ भने  सह प्रायोजक एक्सपर्ट एजुकेशन भिसा सेन्टर तथा सहयोगी संस्था  एन्फा, रा.खे.प.चितवन, एष्ट्रल युथ सोसाईटी, भरतपुर महानगरपालिका र गोल नेपाल रहेका छन् । 

 स्थानीय खेलकुद बिकासको लक्ष्य लिएर सो प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप