बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा ९ महिनामा ११९ जनाको मृत्यु

मङ्गलबार, १० वैशाख २०७६, २० : ४५
मङ्गलबार, १० वैशाख २०७६

रत्ननगर । सवारीसाधनको चाप बढेसँगै चितवनमा दुर्घटनामा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा २३० वटा दुर्घटनामा परी ११९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४५३ जना घाइते भएका छन् ।

गत आवको सोही अवधिमा ९६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । चालू आवमा  सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको थियो । 

मोटरसाइकल दुर्घटना परी ४९ जनाको मृत्यु भएको छ । यस्तै विभिन्न सवारीसाधनको ठक्करबाट ३० पैदलयात्रुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

यस अवधिमा बस दुर्घटनामा परी १८ तथा ट्रक, ट्याङ्कर तथा  जिप, कार, भ्यान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका ३० पैदलयात्रीमध्ये आठको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप