शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन बझाङकी छोरी, नेपालकी ‘जलचरी’ (१२ तस्बिरमा हेर्नुहोस्)

मङ्गलबार, १० वैशाख २०७६, २० : ३८
मङ्गलबार, १० वैशाख २०७६

बुटवल । प्रदेश ५ मा  चलिरहेको आठौं राष्ट्रिय खेलकुद  प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा  जारी पौडी खेलमा नेपालकी नम्वर वान महिला पौडी खेलाडी (जलपरी) गौरिका सिंहले लगातार दिनदेखि स्वर्ण पदक जित्दै र अन्य दुई कीर्तिमानीको सफलता चुमेकी छन् ।

महिलातर्फ कलिलै उमेरमा नेपालकी ‘नम्वर वान जलपरी’ को चर्चा कमाउन सफल गौरिका सिंहले नेपालगञ्जमा आज विहानको इभेन्टमा पनि स्वर्ण पदक प्राप्त गरिन् ।  तीन दिनको अन्तरालमा लगातार पाँच वटा स्वर्ण पदक प्राप्त गरेको र सर्ट कोर्समा दुई वटा नयाँ राष्ट्रिय  कीर्तिमानी कायम गर्न सफल भएको खेल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए  ।

प्रशिक्षक कार्कीले भने, ‘अस्ती २ वटा,  हिजो २ वटा र आज विहान एकसहित गौरिकाले ५ वटा गोल्डमेडल जितेकी छन् । भोलीसम्म अरु थुप्रै इभेन्टमा उनले गोल्मेडल जित्न सक्ने देखिन्छ  ।’

‘उनले पौडी खेलमा चमात्कार देखाएसँगै नेपालगञ्ज वरिपरी उनकै चर्चा चलेको छ,’ कार्की भने, ‘देशैभर उनले प्रशंसा बटुलेकी छन् ।’  

को हुन् गौरिका ?

तपाईं र तपाईंको परिवारिक पृष्ठभूमिबारे सबैले जान्न सक्छन  ? भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘अफकोर्स ।’ त्यसपछि उनले आफ्नो पुर्खेयौली घर बझाङ्ग जिल्ला रहेको बताइन् ।

पुख्र्यौली घर बझाङ्ग भएपनि काठमाडौंको ठमेलमा बसाईसराई गरकाले बझाङ्गबारे उनले अनविज्ञता प्रकट गरिन् । गाउँघरे टिपिकल भाषा कम बुझ्छिन् । 

बाल्यपनदेखि नै लण्डनमा पढ्दै आइरहेको उनले सुनाइन् । नेपाली सेनाको टिमबाट राष्ट्रिय प्रतियोगितामा भाग लिएकी सिंहले आजभन्दा १६ बर्षअघि ललितपुरको पाटन अस्पतालमा आफू जन्मिएको बताइन ।

सानैदेखि स्विमिङ्गमा सोख राख्ने गरेको बताउँदै उनले बेलायतमा नेपालको जस्तै एसईई उत्तीर्ण गरि ११ मा अध्ययन गरिरहेको बताइन् । यस प्रतियोगितामा भाग लिन लण्डनबाट पिता (डाक्टर) पारस सिंह र माता गरिमा सिंहसँगै नेपाल आएको उनले जानकारी दिइन्  ।

उनका अनुसार पिता डाक्टर पारस लण्डनमै चिकित्सक पेशामा आबद्ध भएकोले उनको परिवार लण्डन बस्दै आएको हो । भर्खर १६  बर्ष उमेरमा पाइला टेकेकी भएपनि सिंहको जिउडाल भने त्यो भन्दा बढि उमेरको देखिन्छ ।

नेपाली सेनाको तर्फबाट प्रतियोगितामा भाग लिएपनि उनी नेपाली सेनाको जागिरे भने नभएको उनकी आमा गरिमा सिंहको भनाई छ । छोरी गौरिकासँगै नेपालगञ्ज पुगेकी आमा गरिमा सिंहले पहिलो सन्तान गौरिकाको सफलताप्रति हर्ष प्रकट गरिन ।  

छोरी गौरिका र कान्छा सन्तानका रुपमा १० वर्षीय छोरा शौरेन रहेको आमा गौरिमाले बताईन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप