केन्द्रीय संस्करण

मदरसा बोर्ड सम्बन्धी विधेयक नल्याए प्रदेश सरकार घेर्ने मुस्लिमको चेतावनी

person explore access_timeबैशाख १०, २०७६ chat_bubble_outline1

जनकपुर । मुस्लिम समुदायप्रति राज्यले विभेद गर्दै आएको भन्दै प्रदेश सरकारलाई तत्काल मदरसा बोर्ड गठन विधेयक मदरसा बोर्ड सम्बन्धी विधेयक नल्याए प्रदेश सरकार घेर्ने चेतावनी मुस्लिम नेताहरुले दिएका छन् । 

मंगलबार जनकपुरधाममा मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको हकहित संरक्षण, सम्वद्र्धन र सशक्तिकरण गर्ने सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुस्लिमका अगुवा नेताहरुले राज्यले शिक्षा, स्वास्थ्य, हरेक निकायमा सहभागिता र राजनीतिक प्रतिनिधित्वमा विभेद गर्दै आएको आरोप लगाए । 

उनीहरुले भने, ‘ठूलादेखि साना दलहरुले मुस्लिम समुदायलाई भोट बैंकको रुपमा मात्र अहिलेसम्म प्रयोग गर्दै आएको कारण अब हामी कसैको लहलहैमा नलागी हक अधिकारका लागि एकजुट भई अघि बढनुपर्ने आवश्यकता छ ।’ 

अगूवा नेताहरुले मुस्लिम आयोग बनेपनि अधिकार विहिन रहेको कारण मदरसा बोर्ड गठन र हरेक कानूनमा मुस्लिमको अधिकारको सुनिश्चितता तथा मुस्लिम सम्बन्धी छुट्टै कानूनको व्यवस्थासहितको अधिकार सम्पन्न बनाउनुपर्ने माग समेत अघि सारे । 

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पिछडिएको र अविकसित मुस्लिम समुदायलाई विकासको मूलधारमा पछि पारेर प्रदेश कहिलेपनि समृद्ध हुन नसक्ने बताए । उनले भने, ‘त्यसैले प्रदेशबाट निर्माण भइरहेको सबै कानूनमा मुस्लिम समुदायलाई समेटिने गरी निर्माण गर्न लागेको हुँ ।’ 

उनले देशभरिमै प्रदेश नम्बर २ मात्रै मुस्लिमहरुको शिक्षाको विकासका लागि मदरसा बोर्ड गठन र कानून लगायतका प्रक्रिया अघि बढाइएको जानकारी दिए । मद

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मुस्लिम समुदायको हक अधिकार सातवटै प्रदेशबारे राय सुझाव संकलन गरी सरकार समक्ष प्रतिवेदन बुझाएर नयाँ कानून नै निर्माण गराउने तर्फ लागेको बताए । 

कमेन्ट

  1. April 23, 2019, 8:29 p.m. Tilak Shrestha
    We must have one single educational and legal system for all Nepalese. Madrasa schools must teach friendship with others and stay away from Islamic teachings of attacking non-Muslims. For example, read Quran: Al Taubah (9 – 29): Fight those who believe not in Allah nor the Last day, nor hold the forbidden which hath been forbidden by Allah and his messenger, nor acknowledge the Religion of Truth from among the People of the Book, until they pay the Jaziyah with willing submission. And feel themselves subdued.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...