
काँग्रेसको जागरण अभियान स्थगित

काठमाडौं– नेपाली काँग्रेसको जागरण अभियान स्थगित भएको छ । बुधबारबाट सुरु हुने भनिएको जागरण अभियान एक्कासि स्थगित भएको हो । अभियान स्थगित भएसँगै पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ ।
बुधबारदेखि सुरु हुने भनिएको अभियान बैशाख २५ गतेबाट सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सुचना अधिकृत केशव रिजालले जानकारी दिए । उनका अनुसार पहिलो चरणको कार्यक्रममात्र सरेको हो । जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै पार्टीले नेता रामकृष्ण ताम्राकारको निधनप्रति १३ दिनसम्म श्रद्धाञ्जलीका कार्यक्रम गर्ने भएको छ । नेता ताम्राकारको मंगलबार निधन भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ