शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा तेश्रो चरणको लोकसभा निर्वाचन सम्पन्न

मङ्गलबार, १० वैशाख २०७६, १९ : ५८
मङ्गलबार, १० वैशाख २०७६

एजेन्सी– भारतमा तेश्रो चरणको लोकसभा निर्वाचन सम्पन्न भएको छ । मंगलबार ११७ लोकसभा सिटका निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा  ६५  प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

आजको निर्वाचनलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले उम्मेद्वारी दिएका क्षेत्रमा समेत मतदान भएकोले निकै महत्वका साथ हेरिएको थियो । यो निर्वाचनमा भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, भाजपाका संस्थापक नेता लालकृष्ण आडवाणी, वित्तमन्त्री अरुण जेटली लगायत मतदाता भएकोले सबैको चासो समेत रहेको थियो ।

मंगलबार गुजरात २६, केरला २०, महराष्ट्र १४, कर्नाटक १४, उत्तरप्रदेशका १०, छत्तिसगढ ७, उडिसा  ६, बिहारका ५,  पश्चिम बंगालका ५, असम ४, गोवा २ र जम्मु कश्मीर, दादर नगर हवेली, दमन दिव  र त्रिपुरामा १–१ सिटका लागि निर्वाचन भएको थियो । ७ चरणमा हुने सो निर्वाचनमा ५४३ सिटका लागि मतदान हुनेछ । सो निर्वाचनको नतिजा २३ मे मा आउनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप