शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चालू आर्थिक वर्षभित्रै लक्ष्य अनुसार पूँजीगत खर्च हुन्छ : अर्थमन्त्री खतिवडा

मङ्गलबार, १० वैशाख २०७६, १९ : १९
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले चालू आर्थिक वर्ष भित्र लक्ष्य अनुसारनै पूँजीगत खर्च हुने दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले कतिपय विकास निर्माणको काम सम्पन्न भएपनि भुक्तानी नभएकाले तत्काल पूँजीगत खर्च कम भएको देखिएको पनि स्पष्ट पारे ।

मंगलबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकास, निर्माणको काममा खर्च हुने तर तत्काल भुक्तानी हुने नगरेकाले पूँजीगत खर्च कम देखिएकोतर्फ पनि सबैको ध्यानाकर्षण गराए ।

चालू आर्थिक वर्षको हालसम्म ४८ प्रतिशत पूँजीगत खर्च भएको छ । अर्थमन्त्री खतिवडाले विकास, निर्माणको काम सम्पन्न भएर पनि भुक्तानी नभएको अवस्था पनि रहेकाले पूँजीगत खर्चमा कमी देखिएको स्पष्ट पारे । उनले विकास, निर्माणको काममा तीव्रता आउँदा पनि पूँजीगत खर्च नदेखिनुमा भुक्तानी ढिलाई हुने गरेकाले सो समस्य समाधानका लागि मातहतका निकायलाई सचेत गराइएको पनि बताए ।

अर्थमन्त्री खतिवडाले असार महिनामा मात्रै बजेट खर्च हुने भन्ने भनाई सत्य नभएको पनि बताए । अरु महिनामा भुक्तानी नभएका बजेट पनि असार महिनामा भुक्तानी हुने भएकाले असार महिनामा मात्रै बजेट खर्च हुने गरेको देखिएपनि त्यो सत्य नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले वित्तिय व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणको कामलाई सन्तुलित बनाउन पनि सरकार प्रतिबद्ध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप