बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीलंका बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो

मङ्गलबार, १० वैशाख २०७६, १९ : ११
मङ्गलबार, १० वैशाख २०७६

एजेन्सी– श्रीलंकामा भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी अतिवादी संगठन इस्लामिक स्टेटले लिएको छ। आइतबार तीन सयभन्दा बढीको ज्यान जाने गरि सो आक्रमण भएको थियो ।
घटनाको दुईदिनपछि इस्लामिक स्टेटले आफ्नो आधिकारिक समाचार संस्थामार्फत घटनाको जिम्मेवारी लिएको हो।

सो संगठनको आधिकारिक समाचारसंस्था अमाकले घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाधयामहरुले जनाएका छन् । आइतबार भएको  ८  वटा बिस्फोटका घटनामा परी ३ सय १० जनाको  मृत्य भएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए । 

 श्रीलंका सरकार प्रवक्ताले घटनाका पछि अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको बताएका थिए।  प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको थियो।  

यसअघि श्रीलंका सरकारका प्रवक्ताले घटनामा अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको दाबी गरेका थिए भने स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह विस्फोटनमा जिम्मेबार रहेको बताएका थिए  ।  त्यस्तै राष्ट्रपति  मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार संकटकाल घोषणा गरेको थियो ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप