बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा श्रीमतीको विभत्स हत्या, बोकेर हिँडे टाउको

मङ्गलबार, १० वैशाख २०७६, १९ : ०८
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् । 

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए । 

४२ वर्षीय जय बहादुर वाइवा

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

हत्या पारिवारिक कारण भएको बताइएको छ । जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रले बताए । 

जयबहादुर काचो इट्टा बनाएर बेच्ने काम गर्थे । आर्थिक अवस्था कमजोर भएका उनीहरुको २ सन्तान छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप