शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवाबाट ७ किलो सुन बरामद

मङ्गलबार, १० वैशाख २०७६, १८ : १३
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं । रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एक जना पक्राउ परेका छन् । चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकमा ७ किलो सुन फेला परेको हो । 

ना ६ ख ९०६८ नम्बरको ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो सुन फेला परेको हो । 

प्रहरी स्रोतका अनुसार सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घले पक्राउ परेका छन् । 

टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय अर्जुन भण्डारी रसुवाको सीडीओ र सन्तोष तामाङ प्रहरी प्रमुख भएर गएपछि सीमा क्षेत्रमा शंका लागेको सवारी साधनमाथि चेकजाँचमा कडाई गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप