शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इसेवाको रिफर एण्ड अर्न अफर, नगदरहित समाज निर्माणमा सहभागी बन्नेलाई बोनस

मङ्गलबार, १० वैशाख २०७६, १६ : ५५
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं– नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौं र अरुलाई पनि प्रोत्साहन गरौं भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्वजनिक गरेको हो । 

यो अफर अन्तरगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ ।

इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए । उनले भने ‘डिजिटल नेपाल निर्माणका लागि सवै निकायले जोड दिइरहेका बेला हामीले पनि इसेवा मार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप