बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा पक्राउ

मङ्गलबार, १० वैशाख २०७६, १६ : २०
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ ।

कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले आज कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप