शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा २२ वर्षपछि हत्या आरोपी पक्राउ

मङ्गलबार, १० वैशाख २०७६, १५ : १३
मङ्गलबार, १० वैशाख २०७६

बुटवल–व्यक्ति हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । 

२०५४ साल असोज २५ गते घोराही उपमहानगरपालिका ७ जब्बरपुरका लालध्वज शाही र ध्रुवध्वज शाहीको हत्या गरेको आरोप लागेका सोही ठाउँका देशु चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

दाङ प्रहरीका प्रवक्ता डीएसपी विनोदविक्रम शाहीका अनुसार चौधरीलाई दाङ जिल्ला अदालतले २०६६ जेठ २० गते २० बर्ष कैद सजाय तोकेको थियोे । उनी हत्या गरेदेखि नै फरार थिए । फैसला कार्यान्वयनकाे क्रममा खाेजतलासरत प्रहरीले उनलाई ले घरबाटै पक्राउ गरेको हो । चौधरीलाई आजै कारागार पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप