बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्यान्मारको सर्वोच्च अदालतद्वारा रोयटर्सका पत्रकारको अपिल खारेज

मङ्गलबार, १० वैशाख २०७६, १५ : ०८
मङ्गलबार, १० वैशाख २०७६

नेपिढ, म्यान्मार– म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ । 

रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई सात वर्षको जेल सजाय दिएको छ । सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका पत्रकारहरु ३३ वर्षीय वा लोन र क्या सो ऊ अद्यापी जेलमै छन् ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अब जेलमुक्त हुन उनीहरुलाई राष्ट्रपतिले माफी दिन सक्ने बाटो बाँकी छ । 

उनीहरुमाथि द्वन्द्वग्रस्त राज्य राखिनमा सैनिक कार्यबाहीसँग सम्बन्धित गोप्य दस्ताबेज राखेको आरोप छ । राखिन राज्यमा सेनाको चरम दमनबाट सात लाख ४० हजारभन्दा बढी मुस्लिम समुदायका मानिसहरु रातारात बंगालदेशतर्फ पलायन भएका थिए । 

पत्रकारका समर्थकहरुको भनाईमा सन् २०१७ को सेप्टेम्बरमा राखिन राज्यमा १० जना रोहिङ्ग्या मुस्लिमको चरम दमन र आमहत्यामा म्यान्मार सेनाको संलग्नताको प्रमाण उनीहरुसँग रहेको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप