शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

मङ्गलबार, १० वैशाख २०७६, १५ : ०७
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं – विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुरले बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक रुपमा प्रस्तुति दिएको तीन नाटक मञ्चन गर्दै पाँचौ संस्करण समापन गरेको हो । 

‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामको छुट्टाछुट्टै तीन नाटक प्रस्तुत गरिएको थियो । बाल रंगमञ्चको अन्तर्रािष्ट्रय संगठनको नेपाल सेन्टर आसितेज नेपालको साथमा लिटल थिएटर ग्यारेजले ०७५को २० चैत्रबाट गरेको नाटक १५ दिन चलेको थियो । 

बालबालिकाहरुले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझ्दै, रमाउँदै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा थिएटरका प्रक्रियाहरुहरु मार्फत बालबालिकाको वृत्ति विकासका क्रियाकलापहरु भएका थिए । जसमा चित्रकला, माटो कला, नृत्य, कथावाचान, कथालेखन, वतृत्व लगायतका क्रियाकलापमा पनि भएका थिए । 
‘बालबालिकालाई नाटक घर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, सोच्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने मूल धारणामा २०७१ सालदेखि हरेक वर्षको २० चैत्रबाट १५ दिन कार्यशाला नियमित हुँदै आएको छ । 
कार्यक्रममा जापानी बालकथाकार मिल साकाईको बाल पुस्तक श्रृंखला ‘मेच्या बिरालो’ को चौथो श्रृंखला ‘चियाको रमाइलो’ पनि विमोचन गरिएको थियो । लेखक, सम्पादक तथा राराहिल स्कुलका अध्यक्ष तुलसीदास महर्जन, आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणा लगायतका अतिथिहरुले विमोचन गरेका हुन् । 

तीन नाटकबारे
नाटक ‘सुपरम्यान सपना’ले एक बालकले समाजमा हुने खराब प्रवृत्ति र मानिसहरुलाई परास्त गर्ने सुपर पावर बोकेर सेवा गर्दै हिडेको सपनालाई नाटकमा उतारिएको थियो । बालबालिकाका इमान्दारिता र संवेदनशीलता नै उनीहरुको सुपर पावर रहेको भाव नाटकमा देखाइएको थियो । 

अर्को नाटक ‘बाई बर्डी’ले ब्यस्थताका कारण अभिभावकबाट समय नपाएको एकबालिकाले आफ्ना लागि साथीको खोजी र भेटिएका साथीसँगको सापिप्यतालाई प्रस्तसत गरेको थियो । 

‘करेसाबारी जडिबुटी’ले हाम्रै करेसामा पाइने वा हुर्काउन सकिने विभिन्न तरकारीजन्य वनस्पतिहरुको सम्मेलनको बिषयमा जानकारी दिएको थियो । 

नाटकहरुलाई थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका युवा रंगकर्मीहरु केदार श्रेष्ठ, सञ्जिता पराजुली र इलिना नकर्मीले तयार पारेका हुन् । 

सहभागी बालबालिका
कीर्तिपुरस्थित थिएटर मल नाटकघरमा भएको कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न स्थानका बालबालिकाहरु सहभागी भएका थिए ।

कार्यशालामा प्रिन्स सिलवाल, निपूर्ण पौडेल, अरविन खड्का, कृती भट्टराई, प्रत्युस्मा श्रेष्ठ, अनुप पुरी, कलिना पाण्डे, सक्षम महर्जन, गायत्री श्रेष्ठ, सक्षम श्रेष्ठ, सम्श्रीती थापा, सुनिश्चित भुजेल, स्मृति अधिकारी, निकेश सिलवाल, एलिना श्रेष्ठ, शुभेच्छित ढुंगाना, स्वस्तिक प्रधान, सहर्शा क्षेत्री, आभा प्रधान, प्रवीन कायस्थ, साद्वी नकर्मी, सिञ्जनी खड्का, प्रेशिका तिमिल्सिना, प्रतीक तिमिल्सिना, इरा तामाङ, तिया महर्जन, स्वर्णिम लामा, आकृति श्रेष्ठ, पियुश श्रेष्ठ, प्रवेश श्रेष्ठ, शिशिर श्रेष्ठ, सहश्राम्सु नेपाल, श्रीतु महर्जन, उसर्वी कर्माचार्य सहभागी थिए । 

अब छैटौं कार्यशाला २०७६ चैत्र २० बाट हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप