शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्रीनल्याण्डको हिउँ तीव्र रुपमा पग्लिँदा समुन्द्रको सतहनै बढ्योः अध्ययन

मङ्गलबार, १० वैशाख २०७६, १५ : ०१
मङ्गलबार, १० वैशाख २०७६

एक नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण ग्रीनल्याण्डको ठूलो हिस्सा बरफ पग्लिएको र त्यसले समून्द्रको सतहमा नै वृद्धि गराएको देखाएको छ । सोमबार ‘प्रोसिडिङ अफ नेसनल एकेडेमी अफ साइन्स’मा प्रकाशित भएको अध्ययनले वैज्ञानिक समुदायमा चिन्ता बढाएको छ ।  

हाल विश्वव्यापी तापक्रममा वृद्धि जारी रहेकाले ग्रिनल्याण्ड टापूले थप हिउँ गुमाउने पक्का छ । यसले तटीय क्षेत्रको ठूलो जनसंख्यालाई प्रभावित पार्नेछ । 

विश्वको कुल जनसंख्याको ४०–५०% हिस्सा न्यू–योर्क, टोकियो, मुम्बई, जाकर्ता, हंककंगजस्ता तटीय ठूला सहरहरुमा बस्ने गर्छन् । समुन्द्र सतहमा हुने वृद्धिले ति सहरहरु बस्न योग्य रहने छैनन् । 

“हामीले ग्रिनल्याण्डको ‘मास ब्यालेन्स’लाई लामो समयसम्म सटिक ऐतिहासिक मापन गर्न चाहेथ्यौं । यसमा पृथ्वीको जलवायु स्वभाविक दरभन्दा बाहिर जानु अघिको संक्रमण अवस्था पनि समावेश गरिएको छ । त्यो सन् १९८० को दशकबाट सुरु भएको थियो ,” अध्ययनका सह–लेखक एरिक रिग्नोटले भने ,“अध्ययनले पछिल्लो २० वर्षमा जलवायु तात्दा ग्रिनल्याण्डको पिण्ड क्षय कति नाटकीय भयो भन्ने देखाएको छ ।”

युनिभरसिटी अफ क्यालिफोर्निया, इरभिनमा पृथ्वी प्रणालीका प्रद्यापक रिग्नोटले ग्रिनल्याण्डको ग्लेसियर(हिमनदी)हरु छिटो बग्न थालेको र आइबर्गमा टुक्रिएरमा समुन्द्रमा पुगेको बताए । 

“ग्लेसिएर(हिमनदी)को गति बढिरहँदा र सतहका बरफ–हिउँ पग्लिरहँदा भावी दिनमा पिण्ड–क्षय जारी रहनेछ । यसले थप समुन्द्र सतहको वृद्धिमा योगदान गर्नेछ । प्रत्यक वर्ष यस झन् झन् वृद्धि हुनेछ ,” रिग्नोटले भने । 

सन् १९७२ देखि ग्रिनल्याण्डमा मात्रै भएको बरफ–क्षयले विश्वव्यापी समुन्द्र सतहमा १.३७ करोड मिलिमिटर(लगभग आधा इन्च) को वृद्धि भयो । 

विगतमा भएका अध्ययनहरुले पनि बरफ–क्षयको प्रवृत्ति मापन गरिएको थियो । ती अध्ययनले अब केही समयभित्रै हरित गृह ग्यास उत्सर्जन कम नगर्ने हो भने यस टापूको बरफ–क्षय रोक्न नसकिने देखाएको थियो । 

लाखौं वर्षसम्म ग्रिनल्याण्डको वरफ जलवायु अनुसार चक्रिय रुपमा पग्लियन्थ्यो । तर बढ्दो तापक्रमले यस क्षेत्रमाथि भार पारेको छ । सन् १९८०को दशक यता ग्रिनल्याण्ड टापूले गुमाएको बरफ विगत हजारौं वर्षमा गुमाएको बरफ बराबर भएको मानिएको छ ।  

अनुसन्धानहरुले ग्रिनल्याण्ड टापूमा रहेको सम्पूर्ण वरफ पग्लिएमा विश्व समुन्द्रको सतह २३ फिटसम्म बढ्ने देखाएको छ । 

कार्बन उत्सर्जन नियन्त्रण गर्न गम्भिर प्रयास नगरिए बरफ–क्षय ग्रिनल्याण्ड र विश्वकै लागि गम्भिर समस्या बन्ने देखिन्छ । 
“अब हामीहरु नयाँ परिस्थितिको लागि तयार हुनुपर्छ । साथमा हिउँ पग्लिने क्रमलाई पनि घटाउन तत्कालन कदम चालिनुपर्छ ,” रिग्नोटले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप