बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा किड्स एण्ड टिन फेशन मोडलको आयोजना

मङ्गलबार, १० वैशाख २०७६, १४ : ४५
मङ्गलबार, १० वैशाख २०७६

भक्तपुर– ‘किड्स एण्ड टिन फेशन मोडल २०१९’ आयोजना गरिएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा सल्लाघारीस्थित भक्तपुर बयान्क्वेट आयोजित प्रतियोगितामा यनिस श्रेष्ठ ‘प्रि किड्स मेल फेशन मोडल’ घोषित भए । फिमेलतर्फ भने दीलास्था बप्राचार्य छानिएकी छन् । 

त्यस्तै ‘किड्स फेशन मोडल’ तर्फ भने सिन्थिया कार्की र गृवानी चिकन्बन्जर छानिदा ‘टिन फेशन मोडल’ को उपाधि रोशिश चिकन्बन्जरले जितिन् ।  प्रतियोगिताको विजेताले थाइल्याण्डमा हुने इन्टरनेशनल ‘फेशन फेस्टिवल २०१९’ मा भाग लिन पाउने छन् । 

विभिन्न साँस्कृतिक कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा कोरियोग्राफी दिक्पाल कार्कीले गरेका थिए । प्रतियोगितामा ऋषिराम अधिकारी, प्रिया रानी लामा र अन्शु केसी निर्णयक रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप