आर्मी फुटबलको दोहोरो स्वर्ण नजिक
नेपालगन्ज– त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष र महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार हुने फाइनलमा दुवैतर्फ जित निकाल्न सके आर्मीले पुरुष र महिला फुटबल दुवैमा स्वर्ण जित्नेछ ।
नेपालगञ्ज रंगशालामा मंगलबार (आज) भएको पुरुषतर्फको सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई टाईब्रेकरमा ३–१ गोलले हरायो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । प्रदेश ५ का कृष्ण रानाभाटले मात्र गोल गर्न सके ।
यसअघि निर्धाीरत समयमा आर्मीले २० औं मिनेटमा प्रदेश ५ का दिपेनसिंह ठकुरीको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । ३१ औं मिनेटमा दिपकुमार लामाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । त्यसपछि प्रदेश ५ का विनोद केसीले पेनाल्टीमार्फत पहिलो गोल फर्काए । ८० औं मिनेटमा विनोदले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । फाइनलमा आर्मीले पुलिस र एपीएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी महिलातर्फको सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ६–० गोलले हरायो । आर्मीको जितमा कृष्णा खत्री र शर्मिला थापाले दुई दुई गोल गरे । बिमला चौधरी र इन्दिरा राईले एक एक गोल थपेका थिए । महिलाको फाइनलमा पनि आर्मीले गरिन् । नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी