बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आठौं राष्ट्रिय खेलकुद : एपीएफ क्रिकेटको फाइनलमा

मङ्गलबार, १० वैशाख २०७६, १३ : ५९
मङ्गलबार, १० वैशाख २०७६

कोहलपुर– विभागीय टोली नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कोहलपुर क्रिकेट मैदानमा आजै भएको खेलमा प्रदेश प्रदेश १ लाई आठ विकेटले हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो ।

५० रनको समान्य लक्ष्य पछ्याएको एपीएफले १०.५ ओभरमा दुई विकेटको क्षतिमा ५३ रन बनाएको थियो । एपीएफको जितमा शंकर रानाले सर्वाधिक २३ रन बनाए । प्रदीप ऐरीले अविजित १७ रन बनाए । बलिङमा प्रदेश १ का पुष्प थापा र दिपेश कँडेलले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनाएको थियो । प्रदेश १ का लागि मिनाश थापा र सुन्नी पुनले समान १४ रन बना अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

बलिङमा एपीएफका शरद भेषवाकरले चार विकेट लिए । वसन्त रेग्मीले तीन तथा भुवन कार्की र अभिनाश बोहोराले एक–एक विकेट लिए । शरद म्यान अफ द म्याच भए । फाइनलमा एपीएफले आर्मी । नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप