बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

व्यक्तिगत विकासका लागि एआईईएम

मङ्गलबार, १० वैशाख २०७६, १२ : ५२
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं– एसईई सकेर बसेका विद्यार्थीहरुमा अव के गर्ने भन्ने अन्यौलता हुनु स्ववाभिक हो ।

खाली समयको सदुपयोग गर्दै कति घुमफिर गर्छन भने कतिले विभिन्न उपयोगी तालिमहरु लिने गर्छन् । विद्यार्थीहरुले यस्तो समयको भरपुर उपयोग गरुन भनेर विभिन्न शैक्षिक संस्थाहरुले व्यक्तिगत विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।

यस्तैमा काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित एआईईएम कन्सल्टेन्सीले विद्यार्थीहरुको व्यक्तिगत विकास तालिम संचालन गरेको छ । एआईईएम कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सैलेन्द्र हमालले एसईई सकेर बसेका विद्यार्थीहरुलाई मात्र नभएर अन्य विद्यार्थीहरु लगायत सर्वसाधारणको लागि पनि उपयुक्त हुने गरी व्यक्तिगत विकास तालिम संचालन गरेको बताए । 

विद्यालयहरुमा सैद्धान्तिक शिक्षालाई भन्दा व्यवहारीक शिक्षालाई कम महत्व दिने परिपाटी हाम्रो देशमा विद्यमान छ । त्यसैले कन्सल्टेन्सीले लिडरसिप, कम्यूनिकेशन, पव्लिक स्पिकिङ, कन्फिडेन्स विल्डअप जस्ता व्यवहारिक ज्ञानलाई आत्मसाथ गर्दै तालिम संचालन गर्दै आएको प्रवन्ध निर्देशक हमालले बताए । 

यस्ता तालिमले मासमा बोल्न, अन्तर्वार्ता दिन, आफ्नो प्रतिभा सवैको सामु देखाउन सक्ने क्षमता अभिवृद्धी हुन्छ । साथै अरुसँग बोल्न लजाउने, घुलमिल गर्न हिच्किचाउने जस्ता स्वभावहरु क्रमश हट्दै जाने र आत्मविश्वासी बन्न यस्ता तालिम सहयोगी हुने हमाल बताउँछन् ।

तालिमका विशेषताहरु

–क्षमता पहिचान गर्न मद्दत पुग्ने ।
–देखाउन नसकेका कलालाई निर्धक्क व्यक्त गर्न सक्ने क्षमता वृद्धि ।
–नडराई मासको अगाडी बोल्न सक्ने ।
–व्यक्तित्व विकासमा सहयोगी ।
–प्रतिस्पर्धामा खरो उत्रिन सक्ने क्षमतामा विकास ।

यस्ता व्यक्तिगत क्षमता अभिवृद्धीका लागि एआईईएम कन्सल्टेन्सीले १ हप्ताको कोर्स संचालन गर्दै आएको छ । तालिममा विभिन्न विधाका विज्ञहरुबाट सिकाई हुने भएकाले यो निकै प्रभावकारी भएको प्रवन्ध निर्देशक हमालले बताए । 

विज्ञ शिक्षक विश्व राज पराजुलीले विद्यार्थीहरुलाई भविष्यमा प्रतिस्पर्धामा उत्रिन सहज हुने उपायहरु सिकाउनेछन् । त्यसैगरी, कन्सल्टेन्सीले निःशुल्क अभिमुखिकरण र न्यून शुल्कमा तालिमहरु संचालन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप