बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतियोगीले आफूलाई अमिताभ बच्चन भनेपछि रेखाको प्रतिक्रिया (भिडियो)

मङ्गलबार, १० वैशाख २०७६, १२ : २८
मङ्गलबार, १० वैशाख २०७६

एजेन्सी – सदाबहार सुन्दरी रेखा आइतबार गायन प्र्रतियोगिताको रियालीटी शो ‘राइजिङ ३’ को मञ्चमा अतिथि बनेर उपस्थित भएकी थिइन् । यो एपिसोड रेखा विशेष थियो । र उनलाई नै समर्पित गरिएको थियो । 

सदाझैँ रेखा त्यस दिन पनि परम्परागत पहिरनमा उपस्थित भएकी थिइन् । रेखा विशेष कार्यक्रममा प्रतियोगीहरुले रेखाका निम्ति गीत गाएका थिए । यसैबीच, स्टेजमा फरक फरक गेटअपमा उपस्थित प्रतियोगीहरु चेतन बृजवासी, ओप्संग र विश्वज आफ्नो प्रस्तुती लिएर उपस्थित भए । यसैक्रममा रेखाले चेतन बृजवासीलाई ‘सोध्छिन् तपाईं कुन पात्र बनेर आउनुभएको छ ?’ सो प्रश्नको जवाफमा उनले अमिताभ बच्चन भन्ने जवाफ दिए ।

उनको जवाफ सुनेर कार्यक्रममा उपस्थित सबैले हुटिङ गर्न थाले । रेखाको प्रतिक्रियाप्रति भने धेरैको ध्यान खिच्यो । उनी हासिँरहिन् । उनी चुप नै भइन् । माइक उठाइन् तर केहि बोल्न सकिनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप