शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२१ वर्षअघि गरिएको भविष्यवाणीः सन् २०२० मा यस्ता देखिनेछन् डेभिड बेकह्याम

मङ्गलबार, १० वैशाख २०७६, १२ : १२
मङ्गलबार, १० वैशाख २०७६

सन् १९९८ मा फोरफोरटु नामको फुटबल म्यागजिनले डेभिड बेकह्याम सन् २०२० मा कस्ता देखिन्छन् भनेर अनुमान गरेका थिए । यसका लागि उनीहरुले फोटोसपको सहारा लिएर डेभिडको फोटो नै बनाएका थिए जुन यस्तो थियोः

डेभिड बेकह्यामको स्वरुपका साथै उनीहरुको भाग्यको पनि भविष्यवाणी गरेका थिए जसमा लेखिएको थियोः

‘उनी ४० वर्ष पुग्दासम्म उनलाई बेलायतको उत्कृष्ट समूहमा निकै कम देख्न पाइनेछ ।’

डेभिडको उक्त तस्बिर इन्टरनेटमा सार्वजनिक भएपछि उनका प्रशंसक निकै रमाएका छन् ।

‘यो पुरानो अनुमानित तस्बिर हेरेपछि सायद उनको २०१९ कठिन हुनेजस्तो देखिन्छ,’ एकजनाले ट्वीटरमा लेखे ।

‘अबको केही महिनामा के होला भनेर कसलाई के थाहा ?’ अर्काले लेखे ।

‘अझै आठ महिना बाँकी नै छ,’ अर्का प्रयोगकर्ताले लेखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप