शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड स्टारका श्रीमतीमाथि फिल्म बनाउँदै मधुर भण्डारकर, खोलिनेछ थुप्रै राज

मङ्गलबार, १० वैशाख २०७६, ११ : ०९
मङ्गलबार, १० वैशाख २०७६

मधुर भण्डारकरले आफ्ना धेरैजसो फिल्ममा पर्दा पछाडिको वास्तविकता देखाउने कोसिस गर्छन् । चाहे त्यो फेसन, हिरोइन, पेज–थ्री होस् वा ट्राफिक सिग्नल । अब निर्देशक मधुर भण्डारकर एकपटक पुनः रोचक विषयवस्तुमा आधारित फिल्म दर्शकमाझ पस्कँदैछन् । खबरका अनुसार मधुर भण्डारकर अब बलिउड स्टारका श्रीमतीमा आधारित फिल्म बनाउने योजनामा छन् । उनी गौरी खान, मिरा राजपुत र ट्विंकल खन्ना जस्ता चर्चित सेलिब्रिटी श्रीमतीमाथि फिल्म बनाउन लागेको भारतीय मिडियाले बताएका छन् ।

स्रोतका अनुसार मधुर भण्डारकर अहिले यो फिल्मको स्क्रिप्टमाथि काम गरिरहेका छन् । फिल्मको नाम ‘बलिउड वाइव्स’ हुनेछ । जब मधुर भण्डारकरसँग यसबारे बुझ्ने कोसिस गरियो तब उनका प्रवक्ताले मधुरले अहिलेका लागि फिल्मको नाम मात्रै दर्ता गराएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप