शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एभेन्जर्सः एण्ड गेम’ ले रिलिज अघि नै मच्चायो हंगामा, वेबसाइट क्र्याश

मङ्गलबार, १० वैशाख २०७६, १० : २९
मङ्गलबार, १० वैशाख २०७६

हलिउडको सुपरहिट फ्रेन्चाइजी एभेन्जर्सको अर्को सिरिज ‘एभेन्जर्सः एण्ड गेम’ २६ अप्रिलमा प्रदर्शित हुने तयारीमा छ ।

नेपालमा यसको प्रि–बुकिङ खोलिएको छैन । एभेन्जर्सका पारखी टिकटको बुकिङ गर्न कुरेर बसिरहेका छन् । तर भारतमा भने आइतबार राती १२ बजेदेखि बुकिङ खुल्ला गरिएको थियो । बुकिङ खुल्ला गरेको केही समयभित्रै सबै टिकट ‘सोल्ड आउट’ भयो ।

टिकट लाइभ गरेको केही समयपछि नै अत्यधिक मागका कारण टिकट बुक गर्ने साइट बुक माय शो र पेटिम क्र्याश भएको भारतीय मिडियाले बताएका छन्  । फिल्म रिलिज हुनु ६ दिनअघि नै भारतमा टिकट बुक गर्न लगभग असम्भव झैं भएको थियो । बुक माय शोमा १० लाख बढीले आफूलाई फिल्म हेर्न इच्छुकको सूचीमा सुचिकृत गरेका थिए ।

एभेन्जर्सका प्रशंसकले टिकटको प्रि–बुकिङपछिको उत्सुकता र निराशा ट्वीटरमा पोखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप