पुनःमतदान गर्न आएकी पद्मावतिको कुराले मतदाताका आँखा रसाए (भिडियोसहित)
शारदानगर (चितवन)– शुक्रबार दिउँसो पानी भर्खर रोकिएको थियो । ह्वील चेयरमा आफ्ना भाइका साथ ३१ वर्षीया पद्यमावती अधिकारी चितवनको भरतपुर महानगरपालिका १९ स्थित किरण मावि मतदान केन्द्रमा भोट हाल आइ पुगिन् ।
उनका हातगोडा नचल्ने थिए भने बोली पनि प्रष्टसँग बुझिदैनथ्यो । उनी शारिरीक अवस्थाका कारण ह्वील चेयरमा बसेर अरुको सहयतामा एक ठाउँबाट अर्को ठाउँ पुग्न सक्छिन् ।
शारिरीक रुपमा अपाङ्गता भएपनि उनको चेतनास्तर भने उच्च भएको उनको भनाईले जनाउथ्यो । घरी घरी चुनाव हुँदा आफूजस्तो अपाङ्गता भएका मान्छेलाई गाह्रो भएको भन्दै उनले पीडा पोखिन् ।
मतदान केन्द्रमा पुगेपछि उनलाई प्रहरीले पनि सहयोग गरेर मतदानस्थलमा पु¥याए । भाइले मतपत्र समाएपछित्यसमाभोट हालेको उनले पनि हेर्न खोजिन् । प्रहरीको सहयोगमा गोप्य मतदान गर्ने ठाँउमा पुगेपछि भाइलाई आँखाले इसारा गर्दै आफूले रोजेको चिन्हमा मतदान गर्न लगाइन् ।
मतदानपछिउनले आफूले दिएको भोटको सदुपयोग हुने बताइन् । उनले मतदान गर्नका लागि देखाएको चासोलाई कर्मचारी, सुरक्षाकर्मीले अभिरुची मानेर हेरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महराले छाडे पार्टी
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण