शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एस्टन टर्नर बने टी–२० मा लगातार पाँच पटक ‘डक’ हुने पहिलो खेलाडी

मङ्गलबार, १० वैशाख २०७६, १० : २७
मङ्गलबार, १० वैशाख २०७६

अस्ट्रेलियन खेलाडी एस्टन टर्नर टी–२० क्रिकेटको इतिहासमा लगातार पाँच पटक शुन्य रनमा आउट हुने पहिलो खेलाडी बनेका छन् ।

हाल राजस्थान रोयल्ससँग आबद्ध उनी दिल्ली क्यापिटल्सबिरुद्ध पहिलो बलमा आउट हुँदै २६ वर्षीय खेलाडीले यस्तो किर्तिमान बनाएका हुन् ।

आइपीएलमा उनको यो लगातार तेस्रो गोल्डन डक पनि थियो ।

गत महिना टर्नरले भारतबिरुद्ध एक दिवसीय खेलमा ८४ रन बनाएका थिए । उनले अस्ट्रेलियाका लागि ३ एकदिवसीय खेल र पाँच टी–२० खेल गरेका थिए ।

चन्दीगढमा एकदिवसीय खेलमा उनले रन बनाउँदै आफ्नो टी–२० को शुन्यमा आउट हुने शृङ्खला अन्त्य गरेका थिए ।

यसअघि बिग ब्यास लिगको टी–२० खेलमा उनी एउटा खेलमा पहिलो बलमा आउट भएका थिए भने भारतबिरुद्ध उनले पाँच बलमा शुन्य रनमा आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप