शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रणबीर ऋषि–नितू कपुर भारत फर्कने प्रतिक्षामा, त्यसपछि गर्नेछन् यो विशेष काम

मङ्गलबार, १० वैशाख २०७६, ०९ : २१
मङ्गलबार, १० वैशाख २०७६

यस वर्षको सुरुवातमा रणबीर कपुर र आलिया भट्ट एउटै फ्ल्याटमा बस्न सक्ने भन्ने खबर सार्वजनिक भएको थियो । तर पछि आलियाले उक्त फ्ल्याट आफ्नो अफिसको लागि खरिद गरेको स्पष्टिकरण दिइन् ।

अब एशियन एजमा प्रकाशित एक रिपोर्टमा दाबी गरिए अनुसार बुवा ऋषि कपुर अमेरिकाबाट फर्किएपछि  रणबीर कपुर आफ्ना आमा–बुवाको घरमा फिर्ता जाने योजना बनाइरहेको छन् ।

रणबीर कपूरका एक आफन्तले पत्रिकासँग कुराकानी गर्दै भने, ‘हालको परिस्थिती (ऋषि कपुर बिरामी भएपछि) ले रणबीरलाई उनका आमा–बुवासँग नजिक ल्याएको छ । उनी आफ्ना आमा–बुवासँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छन् ।’

भारत फिर्ताबारे एक पत्रिकासँग कुरा गर्दै ऋषि कपुरले अमेरिकाबाट भने, ‘म पुनः काम गर्नका लागि उत्सुक छु । मेरो स्वास्थ्य अहिले निकै राम्रो छ । धेरैले मेरो लगातार सोधपुछ गरिरहनुभएको छ । संजय दत्त नियमित रुपमा सम्पर्कमा छन् । वास्तवमा मलाई भन्दा मेरी श्रीमतीलाई मेरो स्वास्थ्यबारे सोधिरहनु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप