आगलागीबाट एक कराेड बराबर क्षति
मङ्गलबार, १० वैशाख २०७६, ०९ : ००
राँझा - नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेकाे छ । धुव्र दाहालले चलाउँदै आएकाे पसलमा गए राति आगलागी भएको हो ।
आगलागीका कारण धेरै सामान जलेत नष्ट भएकाे बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएकाे हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरकाे क्षति पुगेको अनुमान गरेका छन् ।
पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हाे । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएकाे स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)