शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आठौं खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपतिले गर्ने

मङ्गलबार, १० वैशाख २०७६, ०८ : ११
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं - नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । यसअघि बुधबार नेपालगन्ज रंगशालामा हुने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन जाने कार्यक्रम रहेकाले प्रधानमन्त्री नेपालगन्ज जान नसक्ने भएका हुन् । त्यसैले खेलकुदको समापन उपराष्ट्रपति पुनले गर्न लागेका हुन् । प्रतियोगिताको उद्घाटन वैशाख ५ गते राष्ट्रपति भण्डारीले गरेकी थिइन् । चैत २७ गतेदेखि सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ गते मात्र गरिएको थियो । अधिकांश खेल उद्घाटन अघिनै सकिएको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ क्लब र एनआरएन गरी ११ टोलीले प्रतिस्पर्धा गरेका छन् । जसमा ३५ खेलका ५ हजार २ सय ११ खेलाडीले भाग लिएका थिए । मंगलबारसम्म प्रतियोगिताका अधिकांश खेल सकिने छ । पदकमा विभागीय टोली आर्मी, पुलिस र एपीएफ क्लबले बर्चस्व जमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप