बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलंक फ्लप भएपछि आलियाले भनिन्, ‘जनताको अदालत सबैभन्दा ठूलो हुन्छ’

मङ्गलबार, १० वैशाख २०७६, ०७ : ५७
मङ्गलबार, १० वैशाख २०७६

करण जोहरको मल्टिस्टारर फिल्म कलंकले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छैन । यो फिल्ममा आलिया भट्ट, वरुण धवन, माधुरी दिक्षित, संजय दत्त, सोनाक्षी सिन्हा र आदित्य रोय कपुर मुख्य भूमिकामा छन् । फिल्मबाट सबैले निकै अपेक्षा गरेका थिए तर पहिलो विकेन्डमा यसले ६६.३० करोड भारु मात्र कमाउन सफल भयो ।

हालै जब एक कार्यक्रममा आलिया भट्टलाई फिल्म फ्लप भएको कारण सोध्दा उनले यसको विश्लेषण नगर्ने बताइन् । उनले भनिन्, ‘फिल्मको विश्लेषण मैले गर्ने होइन, यसको आवश्यक पनि छैन । जनताको अदालत सबैभन्दा ठूलो हुन्छ । ’

उनले थपिन्, ‘यदि दर्शकले फिल्म स्विकारेका छैनन् भने यसको अर्थ यो हो कि फिल्मले साँच्चै नै केही विशेष जादु देखाउन सकेन । हामीले मात्र यसलाई स्विकार गर्नुपर्छ र पछिका लागि पाठ सिक्नुपर्छ ।’

कलंक फ्लप हुनुको कारण के होला ?

कलंकमा राम्रो स्टारकास्ट र दमदार अभिनय हुँदा हुँदै पनि मानिसहरुले यसलाई किन रुचाएनन् ? यसको सबैभन्दा ठूलो कारण हो फिल्मको कहानी । फिल्मको कहानी निकै ढिलो गरी अघि बढ्छ । साथै यो फिल्म निकै लामो छ । अभिषेक वर्मनले यसको निर्देशन गरेका छन् भने करण जोहरले फिल्ममा १५० करोड भारु खर्च गरेर बनाएका छन् । तर फिल्म रिलिज भएको पाँच–६ दिन बितिसक्दा पनि लगानीको आधा रकम पनि उठाउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप