बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वार्षिक व्यापार घाटा करिब ९ खर्ब

मङ्गलबार, १० वैशाख २०७६, ०७ : २७
मङ्गलबार, १० वैशाख २०७६

काठमाडौं - वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमि िछ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशत बढेको छ भने निर्यातको वृछि १५.३ प्रतिशत मात्रै छ । निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेको हो । आयात बढ्दै गए पनि सोे अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यो समाचार लक्ष्मी सापकोटाले कारोबारमा लेखेकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप