केन्द्रीय संस्करण

ललितानिवास प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास

person explore access_timeबैशाख १०, २०७६ chat_bubble_outline0
फाइल तस्विर

काठमाडौं - बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ । राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्गाको रजिस्ट्रेसन पास गरिएको हो । प्रतिआना सात लाखमा बेचेको जग्गालाई रजिस्ट्रेसन पास गर्दा ५० हजार देखाएर राजस्व छली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस आधारमा ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा नौ करोड रुपैयाँ हाराहारीमा बेचेको देखिन्छ । तत्कानीन भोगधिकारीले २०६१ सालमै ललितानिवासले चर्चेको सो जग्गा बिक्री गरेका थिए । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...