केन्द्रीय संस्करण

इरानबाट तेल किन्ने सबै मुलुकमा प्रतिबन्ध लगाइने अमेरिकी घोषणा

person explore access_timeबैशाख ९, २०७६ chat_bubble_outline0

सीएनएन । ट्रम्प प्रशासनले इरानबाट तेल किननिरहेका सबै राष्ट्रमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यमा भनिएको छ, ‘इरानबनट तेल आयात गरिरहेका राष्ट्र विरूद्वको छुट जारी नराख्ने राष्ट्रपति डोनाल्ड ट्रम्मले निर्णय गर्दै छन् ।’ उक्त छुट मेको सुरूमा सकिदैं .छ ।

‘निर्णयको उदेश्य तेल निर्यातलाई शून्यमा झारेर इरानलाई उसको आयको प्रमुख श्रोतबाट विमुख गर्नु हो ।’ वक्तव्यमा भनिएको छ ।

हाल इरानबाट सबैभन्दा ठूलो मात्रामा तेल चीनले किनिरहेको छ । दोस्रो स्थानमा भारत छ । अमेरिकाको यो कदमले यी दुई देशको तेल आयातलाई प्रभाव पार्ने देखिन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...