२०७५ सालमा यूएईमा १०३ नेपालीको मृत्यु
युएई । सयुक्त् अरब इमिरेट्स (यूएई) मा गत वर्ष २०७५ मा १ सय ३ जना नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ८ महिला र ९५ जना पुरुष रहेको नेपाली दूतावास आबुधावीले जनाएको छ ।
दुतावासको तथ्याङ्कअनुसार २ महिला र ५० पुरूष गरी ५२ जनाको प्राकृतिक मृत्यु भएको छ । जसमध्ये प्राकृतिक कारण मृत्यु भएको संख्या सबै भन्दा बढी रहेको छ । प्राकृतिक कारणमा मदिरापान, हृदयघात, मष्तिस्क पक्षपात भइ मृत्यु हुने गरेको छ ।
अन्य ३१ जनाले आत्महत्या गरेका छन् । जसमा २ महिला २९ पुरूष छन् । युएईमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । त्यस्तै दुर्घटनामा परी ३ जना महिला र १५ जना पुरुष गरि १८ जना नेपालीको मृत्यु भएको छ ।
यसैगरि युएईमा गत बर्ष एकजना पुरुष र एकजना महिलाको हत्या भएको दुतावासको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाली दुतावासले २०७५ मा मृत्यु भएका सबै नेपालीहरुको शव नेपाल पठाइसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित