शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पलेँटीमा छन्द कविता

सोमबार, ०९ वैशाख २०७६, १९ : ३०
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– साँगीतिक पलेँटीसँग परिचित श्रोताहरूले यसपाली फरक स्वादको कार्यक्रम हेर्न पाउने भएका छन् । जसमा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका सुप्रसिद्ध कविहरूका रचना समावेस हुनेछन् ।

छन्द परम्परा नेपालमा मात्र प्रचलित शैली होइन । छापाखाना अथवा प्रिन्टिङ प्रेसको शुरूवात हुनुभन्दा पहिले संसारभरिका ग्रन्थहरू गाउन मिल्ने भाकामै लेखिन्थे । किनभने धुनमा बाँधिएका ग्रन्थहरू सम्झनामा लामो समय राख्न सहज मानिन्थ्यो । गाथा गायनदेखि छन्द कवितासम्मका श्रुतिपरम्पराले पुरातन मानव परम्पराको इतिहासलाई जोगाउन मद्दत गरेको पाइन्छ । 

लामो समयदेखि नेपाली छन्द परम्परातर्फ त्यति ध्यान कसैको पनि पुगेको छैन । यो परम्पराको व्यापकतालाई बुझ्नका निम्ति यसपालीको पलेँटीमा यो बिषय समेटिएको हो । 
साहित्यमा क्रियाशील भूषिता वशिष्ठ यो पटकको पलँेटीमा प्रस्तुत हँुदैछन् । ‘छन्द कविता मात्रिक अथवा मेट्रिक कविता हो’ भूषिता भन्छिन् ‘जुन विधाले साधारणतया प्राज्ञिकता भन्दा उत्साह र उमंगलाई पछ्याउँछ’ । 

‘छन्द कवितासँग सांगीतिक सहकार्य गर्ने अवसर जुरेकोमा खुशी छु । ‘संगीतकार आभासले भने, ‘छन्दसँगको सामान्य चिनारीको विगतभन्दा यसपाली भिन्दै अनुभूति भइरहेको । यो मेरा लागि नौलो अनुभव हो’ आभासले थपे । 

छन्द पलेँटीको प्रस्तुति यही अप्रिल महिनाको २६, २७, २८ तारिख साँझ कालिकास्थान स्थित नेपालयको साविककै कार्यक्रम स्थल ‘आर’ शालामा हुने जानकार नेपालयका अर्पण शर्माले दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप