शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘हजार जुनीसम्म’ गीत: स्वस्तिमा र सलोनको ‘एमजी रोडैमा’ नृत्य

सोमबार, ०९ वैशाख २०७६, १९ : २०
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं – ‘नाई न भन्नु ल’को पाँचौ श्रृंखलासम्म निर्माण गरेका निर्देशक विकाशराज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत ‘एमजी रोडैमा’ सार्वजनिक गरिएको छ ।

सोमबार दरबारमार्गस्थित क्युज चलचित्र भवनमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । 

गीतमा कलाकार सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेश प्रधान देखिएका छन् । अखिलेस प्रधान यसै फिल्ममार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् ।  कार्यक्रममा निर्देशक आचार्यले दर्शकको रुचि ध्यानमा राखेर फिल्म बनाएको बताए । उनले आफ्नो अघिल्ला फिल्म झै यसमा पनि दर्शकको साथ रहने विश्वास ब्यक्त गरे । ३० साउन प्रदर्शन मिति बताइएको फिल्ममा विशाल चाम्लिङ्गको निर्माता र कविता रेग्मी कार्यकारी निर्माता रहेका छन् । 

फिल्ममा सलोन, स्वस्तिमा र अखिलेशको अलवा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईंटेल, शिवहरि पौडेल र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ । 

निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज शिवाकोटी र प्रविन पौडेलको संगीत फिल्ममा राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप