शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३३ बर्षदेखि जनप्रतिनिधी : अहिले पार्टी अध्यक्ष

सोमबार, ०९ वैशाख २०७६, १९ : ११
सोमबार, ०९ वैशाख २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीका पार्टी अध्यक्ष मधुकृष्ण पन्त भएका छन् ।  पन्त पूर्वएमालेका जिल्ला अध्यक्ष र वर्तमान छत्रकोट गाउँपालिका प्रमुख हुन् ।  उनी ३३ बर्षदेखि लगातार एउटै गाउँमा निर्वाचित भएर नेतृत्व गर्दै आएका जनप्रतिनिधी हुन्  ।

२०४३ सालमा हालको छत्रकोट – ३ मा रहेको तत्कालिन हर्दिनेटा गाउँपञ्चायतको प्रधानपञ्चमा उनी जनपक्षिय उम्मेदवारमा विजयी भएका थिए । बहुदलिय व्यवस्थापछि २०४९ सालको निर्वाचनमा पनि तत्कालिन मालेबाट  हर्दिनेटा गाविसको अध्यक्षमा निर्वाचित भए । 

२०५४ सालको स्थानीय निर्वाचनमा पनि पनि हर्दिनेटाको गाविस अध्यक्षमा निर्वाचित भए । लगत्तै उनी जिल्ला विकास समितिको सदस्य भएर हर्दिनेटाका तत्कालिन उपाध्यक्ष र हाल वडा नम्वर ३ का वडाध्यक्ष तेजकान्त अर्याललाई कार्यबाहक दिए । 

हर्दिनेटासहित छत्रकोट गाउँपालिका अध्यक्ष बनेपछि उनी तत्कालिन नेकपा एमालेबाट गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । पन्त २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका पुराना नेता हुन् । हर्दिनेटास्थित हालको मैनडाँडा माध्यामिक विद्यालयमा शिक्षक छँदादेखि नै उनी कम्युनिष्ट आन्दोलनका सक्रिय कार्यकर्ता हुन् ।

०३९ सालमा उनी प्रजातान्त्रिक युवा संघ गुल्मीको सह–सचिव हुँदै विभिन्न मोर्चाको नेतृत्व सम्हाल्दै  जिल्ला पार्टी उपाध्यक्षमा निर्वाचित भईरहेको बेला तत्कालनि अध्यक्ष टोमलाल पाण्डेको मृत्युपछि कार्यवाहक अध्यक्ष र पछि जिल्ला कमिटीबाट अध्यक्षमा अनुमोदित भएका थिए  ।

अब पार्टी संगठनलाई कसरी अगाडी बढाउनुहुन्छ त ? भन्ने प्रश्नमा पन्तले भने– ‘सबै साथीहरुको भावनालाई समेट्दै अगाडि बढिनेछ र पार्टी एक ढिक्का बनाइनेछ ।’ उनले चुनाव लड्ने ताका हर्दिनेटाका महिलाहरुले गाउने यस्तो बोलको गीत अहिलेसम्म पनि निकै चर्चामा छ– ‘हातभरी ठेला उठे मुरी मकै पिस्नाले, घर–घर नाला पानी मधुकृष्णले...।’

त्यस्तै पूर्व माओवादीबाट पार्टी सचिव विरबहादुर कार्की (चाहल) भएका छन । उनी पूर्व माओवादीमा जनयुद्ध कालदेखि सक्रिय नेता हुन् ।  राज्य समिति सदस्यपछि पोलिटब्यूरो सदस्य हुँदै उनी पार्टी एकता अघिसम्म पूर्व माओवादीका जिल्ला संयोजक थिए ।  

विरबहादुर कार्की

उनका अनुसार २०४२ सालदेखि ४६ सालसम्म उनी मोटो मशालमा थिए । २०५१ म उनी तत्कालिन गुल्मी अर्घाखाँची संगठनमा खटिए । २०५४ सालमा अगुवा अभियानका क्रममा गुल्मीको बाँझकटेरीबाट पक्राउ परे । तर तत्कालिन जनादेश पत्रिकाको रिर्पोटर भएको हुँदा उनलाई छाडियो ।

२०५६ सालमामा भारत प्रवासका क्रममा नेकपा माओवादी अमृत शहरको जिल्ला पार्टी प्रमुख भए । त्यसअघि उनी जलान्दर लुदियानको नगरकमिटी सदस्य थिए । २०५७ सालमा लुदियान जिल्ला पार्टीको प्रमुख भए । २०५८ सालदेखि स्वदेश फर्केर पूर्णकालिन भएको उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप