शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इनारमा डुबेर २० वर्षीय युवकको मृत्यु

सोमबार, ०९ वैशाख २०७६, १८ : ५५
सोमबार, ०९ वैशाख २०७६

बुटवल– सुनसरी घर भई दाङमा मिस्त्री काम गर्दै आएका २० वर्षीय रन्जित मेहेताको सोमवार दिउँसो ३ बजेको समयमा घोराहीस्थित एक निर्माणाधीन इनारमा डुृवेर मृत्यु भएको छ ।

दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले दिएको जानकारी अनुसार  घोराही उप–महानगरपालिका–१६ सर्रा भन्ने स्थानका ठरालु चौधरीको निर्माणाधीन इनारको रिङ राख्ने क्रममा खस्न गई पानीमा डुबेर उनको मृत्यु भएको हो ।

 उनको शव राप्ती स्वास्थ्य प्रतिष्ठानको शवगहृमा राखिएको डिएसी शाहले बताए । उनको घर सुनसरीको ईनरुवा नगरपालिका– बलाहा भएको र हाल उनि घोराही–१६ मा डेरा गरि बस्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप