पूजासँग रोमान्स गरेका पल अब जुनाको अंगालोमा

person access_timeसाउन २०, २०७४ chat_bubble_outline0
SHARES

काठमाडौ  – चलचित्र ‘जोनी जेन्टल म्यान’का हिरो अभिनेता पल शाह अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई मोडल जुना सुन्दासले साथ दिएकी छन् । 

म्यूजिक भिडियोबाट चलचित्र अभिनय रोज्ने धेरै कलाकार छन् । ति मध्यका एक हुन् पल पनि । चलचित्रबाट स्टार भैसक्दा पनि म्युजिक भिडियो अभिनय भने उनले छोड्न सकेका छैनन् । किरण भुजेलको गीत ‘बरिलै’मा पल जुनाका साथ डान्सिङ मुडमा देखिएका छन् ।

भिडियो  विकास सुवेदीले निर्देशन गरेका हुन् । डि.पी. खनालका शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदय राज पौडेलकको संगीत संयोज रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ