शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ममाथि कामै गर्न नसकेको आरोप लाग्यो : आईजीपी खनाल

सोमबार, ०९ वैशाख २०७६, १६ : १२
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले ममाथि कामै गर्न नसकेको आरोप लाग्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कार्वाही गर्दा पनि आफूले सुःख नपाएको गुनासो पनि गरे । 

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्याकाण्डको अनुसन्धान भईरहेको पनि स्पष्ट पारे । 

खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दावी पनि गरे । उनले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने दावी पनि गरे । 

खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिए । उनले सो समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही हुने पनि स्पष्ट पारे । 

प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बञ्जनविरुद्ध प्रमाण नपुगेको कारण कार्वाही गर्न नसकिएको पनि स्पष्ट पारे । उनले बञ्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कार्वाही हुने पनि बताए । 

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि सहकार्य गर्न पनि नागरिक समाजलाई पुनः अपिल गरे । 

कार्यक्रम सञ्चालन गरेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सुरुमै संगठन प्रमुखको १० वटा सांगठनिक प्राथमिकताहरु रहेको जानकारी गराए । 

सर्वेन्द्र खनाल नेपाल प्रहरीको प्रमुख बनेसँगै लामो समयदेखि प्रहरी संगठनमा हुन नसकेको बढुवा र सरुवाका काम मात्रै भएनन्, धेरै राम्रा र प्रशंसायोग्य कामहरु भएको प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले दावी गरे । 

आईजीपी खनालका १० सांगठनिक प्रथामिकता ।

१.प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्यपूर्ण व्यवस्थापन ।

२.संगठित अपराध, जघघन्य अपराध, महिला तथा बालबालिकाको अमानवीय कार्यप्रति कानुनी कठोरता  ।

३.विधिको शासन सुनिश्चितताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ठ आधार निर्माण ।

४.मानव अधिकारको प्रवद्र्वन तथा जोखिममा रहेका वर्गहरुलाई विशेष कानूनी संरक्षण ।

५.प्रहरी कर्मचारीहरुको व्यावसायिकता, पारदर्शिता र निष्ठामा उत्कृष्टता ।

६.नेपाल सरकारप्रति प्रतिबद्व एवं नागरिक मैत्री प्रहरीको रुपमा छवि विस्तारमा तीव्रता ।

७.सांगठनिक सुदृढीकरण, आन्तरिक शुद्विकरण र भ्रष्टाचारमाथि शून्य सहनशीलता ।

८.विशेष प्रशिक्षणद्वारा आत्मबलयुक्त, निर्भीक तथा प्रविधियुक्त प्रहरी मानवस्रोतको विकास ।

९.प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सबलता र स्रोत साधनको च्ुस्त व्यवस्थापन ।

१०.प्रहरी कर्मचारीहरुको मनोबलमा उल्लेखनीय स्तोरन्नती र प्रहरी संगठनलाई ‘नमूना संगठन’ र ‘सुशासनको पहरेदार’ मा रुपान्तरण ।

आईजीपी खनालले सार्वजनिक गरेको प्रतिवेदन :–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप