शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेमा

सोमबार, ०९ वैशाख २०७६, १५ : ५५
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केमा पनि औपचारीक रुपमा संचालनमा आएको छ । यू.के को रेडीङ स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी शाखा कार्यलयको औपचारीक उद्घाटन भएको छ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ । साथै छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिटान्स भित्र्याउदै नेपालको ७ हजारभन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप