बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकी मेगा एक्सचेञ्ज मेला सुरु, १५ देखि ३० हजारसम्म छुट मिल्ने

सोमबार, ०९ वैशाख २०७६, १४ : ३०
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता भीजी अटोमोबाईल्सले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै सुजुकी मेगा एक्सचेञ्ज मेला सुरु गरेको छ ।  

इन्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाईल्सले यहि बैशाख ९ गते देखि १५ गते सम्म नेपाल भरीका शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेको हो । 

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ ।

यस अन्तर्गत गुड्दै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार तथा चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिने र नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।   

पछिल्लो समय यूवा पुस्ता आकर्सित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने कम्पनीको दावी छ । त्यसैगरी सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप