बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेल पुग्यो सर्वोच्च

सोमबार, ०९ वैशाख २०७६, १३ : ३२
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं–सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेल सर्वोच्च अदालतमा निवेदन लिएर पुगेको छ । 

ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको भन्दै एनसेल सर्वोच्च पुगेको हो । एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठ सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतीले आजै रिट दर्ता हुने बताए । 

गत साता ठूला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको थियो । एक हप्ता भित्र सो कर बुझाउँन एनसेललाई पत्राचार गरिएको थियो । हालसम्म एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ७१ रुपैयाँ कर बुझाइसकेको छ । 

टेलिया सोनेराले एक्जयटालाई ८० प्रतिशत सेयर बिक्रि गरेको थियो । यसमा कर तिर्न नपर्ने एनसेलको दाबी थियो । यसपछि मुद्दा अदालत पुगेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप