बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलाइका अघि नै होला अरबाज खानको विवाह ? २२ वर्ष कान्छी यी युवती बन्न सक्छिन् खान परिवारकी बुहारी

सोमबार, ०९ वैशाख २०७६, १३ : २०
सोमबार, ०९ वैशाख २०७६

अरबाज खान र मलाइका अरोडा दुबै आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । एकातफ मलाइका नायक अर्जुन कपुरसँगको विवाहका कारण चर्चा बटुलिरहेकी छिन्  । यता अरबाजले पनि आफ्नो नीजि जीवनबारे खुलासा गर्दै मलाइकासँगको सम्बन्धविच्छेदबारे खुलेर कुरा गरे ।

अरबाज र मलाइकाले सन् २०१७ मा सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि उनीहरु आ–आफ्नो जीवनमा व्यस्त भए । अरबाजले आफू अहिले जीवनको जुन मोडमा छन् त्यहाँ आइपुग्दा दोस्रो विवाहबारे सोच्न सक्ने बताएका छन् ।

मलाइकाको विवाहको खबरबारे अरबाजले भने, ‘म पनि विवाह गर्नेछु । यो एउटा यस्तो प्रथा हो जुन हाम्रो देशमा वर्षौंदेखि चल्दै आएको छ । केही विवाह चल्न सक्दनन् तर यसको अर्थ यो प्रथा नै गलत हो भन्न मिल्दैन । म जवानहरुलाई पक्कै पनि विवाह गर्नसल्लाह दिन्छु ।’

‘मेरो सम्बन्ध जसरी समाप्त भयो, त्यसमा मलाई केही भन्नु छैन । हाम्रो जीवन राम्रोसँग चलिरहेको थियो तर अचानक कुरा बिग्रन थाल्यो । यद्यपी, अब मेरो जीवन राम्रो बाटोमा छ र हुनसक्छ म दोस्रो घर बसाउनेछु ।’

उनी थप्छन्, ‘मेरो पहिलो विवाह चलेन, त्यसकारण दोस्रो विवाह गर्नुको के फाइदा भन्ने व्यक्ति म होइन । म दोस्रो पटक विवाह गर्न सक्छु । तर यसका लागि सही समय र सही व्यक्ति भेटिन आवश्यक छ ।’

स्मरण रहोस्, अरबाज खान आजकाल मोडल जर्जिया एन्ड्रियानीलाई डेट गरिरहेका छन् । जर्जिया र अरबाजको उमेरमा २२ वर्षको फरक छ । उनीहरुलाई धेरैजसो सँगै देखिन्छ ।

अरबाज र मलाइकाको विवाहको चर्चा चलिरहेका बेला कसको विवाह अगाडि हुन्छ भनेर निश्चित भने भइरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप