शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७७ जिल्ला नेतृत्वको नाम सुन्न नेता कार्यकर्ताले भरियो प्रज्ञा भवन (फोटोफिचर)

सोमबार, ०९ वैशाख २०७६, १३ : १८
सोमबार, ०९ वैशाख २०७६

काठमाडौँ– तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रकृया अन्र्तगत आज जिल्ला तहको एकता घोषणा हुँदैछ ।

यसका लागि नेकपाले काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेको छ । केहीबेरमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ७७ वटै जिल्लाको नेतृत्वको घोषणा गरिने कार्यक्रम छ । 

कार्यक्रममा सहभागी हुन पुगेका नेकपाका नेता कार्यकर्ता सोमबार बिहानैबाट प्रज्ञा भवनमा बाक्लो चहलपहल छ ।

त्यस्तै स्वदेशी तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरुको समेत प्रज्ञा भवनमा भिड लागेको छ । 
नेकपाले पार्टी एकता घोषणा गरेको ११ महिनापछि सोमबार जिल्ला तहको नेतृत्व चयन गर्दैछ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप