शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरियोग्राफर वान्तवा र निर्माता प्रज्वलबीच इन्गेजमेन्ट

सोमबार, ०९ वैशाख २०७६, १२ : २५
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– प्रेम सम्बन्ध लुकाउँदै आएका निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्वल शम्शेर जबरा बीच इन्गेजमेन्ट भएको छ ।

आइतबार लाजिमपाट स्थित शंकर होटलमा आयोजित एक समारोहमा दुबैले औँठी साटासाट गरेका हुन् ।  समारोहमा दुबै परिवारका सदस्यको उपस्थिति रहेको थियो । 

करिब एक दशक अगाडि सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘मेरो एउटा साथी छ’को सेटमा पहिलो पटक भेटेका यी दुबै बीच सोही समयदेखि प्रेम बस्न गएको थिए । 

प्रज्वल आइकोर फिल्मसका प्रभु शम्सेर जबराका छोरा हुन् ।  रेनशा भने कोरियोग्राफी हुँदै निर्देशनमा होमिएकी महिला हुन् । उनले निर्देशन गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ गत बर्ष प्रदर्शनमा आएको थियो । 

विवाहपछि पनि फिल्म निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने सोचमा रहेकी रेनशा अहिले ‘आई एम ट्वान्टी वान’ नामक फिल्म निर्देशनको तयारी गरिरहेकी छन् । यसमा निर्माता प्रज्वलनै रहने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप