बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वार्ता गर्न कमल थापाले बनाए दीपक बोहरालाई ‘कमाण्डर’

सोमबार, ०९ वैशाख २०७६, ११ : ४६
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । 

सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 


राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए । 
 सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो । 

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने तय भएको रातोपाटीलाई जानकारी गराए । 

राप्रपाले देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने, राजतन्त्रको पुनर्स्थापना गरिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप