लुक्लामा अवतरण गर्न नसकेको तारा एयरको जहाज रामेछापको धावनमार्गमा चिप्लियो
सोमबार, ०९ वैशाख २०७६, ११ : २८
काठमाडौँ – काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको जहाज रामेछापको धावनमार्गमा चिप्लिएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो ।
सोमबार बिहान ९ बजेर ३८ मिनेट जाँदा जहाजको पांग्राले बारमा छुँदा हाइडोलिक फेल भइ रनवेबाट लगभग २ मिटर दाँयापट्टि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। जहाजमा विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए।नाइन एन– एकेके कलसाइन भएको उक्त जहाज क्याप्टेन पीजे शाहले उडाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति