शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के–के विषयमा छलफल हुँदैछ राजपाको पदाधिकारी बैठकमा ?

सोमबार, ०९ वैशाख २०७६, ११ : २४
सोमबार, ०९ वैशाख २०७६

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी समितिको बैठक आज पनि बस्दैछ । 

बबरमहलस्थित पार्टी कार्यालयमा आइतबार अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एजेण्डा प्रस्तुत गरेर पार्टीका गाउँपालिका अध्यक्ष विनोद चौधरीको मृत्युमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरेका थिए । 

बैठकको एजेन्डा एकता महधिवेशनको मिति तोक्ने, संघीय समाजवादी फोरम नेपालसँग एकीकरण कसरी गर्नेलगायत तय भएको छ । 

मंगलबारसम्म चल्ने बैठकबाट महाधिवेशनको मिति तय गर्नुको साथै पार्टी एकीकरणको बारेमा स्पष्ट धारणा आउने बताइएको छ । 

वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको महाधिवेशन मिति तय गरेको थियो । तर, तयारी नपुगेको भन्दै महाधिवेशन स्थगित गरेको थियो । विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । 

यसअघि बसेको अध्यक्षमण्डलको बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले विशेष अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए तर महेन्द्र राय यादवले त्यसको विरोध गरेपछि प्रस्ताव सर्वसम्मतिले पास हुन सकेका थिएन । त्यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ । 

बैठकमा देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल गर्नुको साथै स्थानीय, प्रदेश सरकारको कामकारवाहीको बारेमा समीक्षा समेत हुने अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप